Thursday, April 23

पक्राउ परेका नेता–कार्यकर्ता बिना सर्त छाड्न नेविसंघको आग्रह

नेपाल अखबार, काठमाडौं । प्रदेश नम्बर पाँचको राजधानी सम्बन्धमा सरकारको निर्णयपछि बुटवलमा भइरहेका प्रदर्शन, सरकारी दमन र धरपकडप्रति नेपाल विद्यार्थी संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
छलफल, संवाद, वार्ता र सहमतिको माध्यमबाट निकास खोज्ने र सकारात्मक एवं यथोचित मागलाई उचित सम्बोधन गर्नको सट्टा उल्टै धरपकड‌, दमन, कर्फ्यु र सत्ताको आडमा बर्बरतापुर्बक बल प्रयोग गर्न उद्धत हुनु सरकारको पराजित मानसिकताको उपज भएको नेविसङ्घका महामन्त्री बलदेव तिमल्सिनाले बताए ।
नेविसंघका महामन्त्री तिमल्सिनाद्वारा जारी विज्ञप्तिमा शान्तिपूर्ण ढंगबाट छलफल गरिरहेको अबस्थामा नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेल तथा नेपाली कॉंग्रेसका नेताहरु हरिलाल पाण्डे, शिव गैरे,बिष्णु पोख्रेल, ज्ञानेन्द्र कार्की, तरुण नेता प्रकाश गैरे पत्रकार कमला पाण्डे लगायतलाई गरिएको गिरफ्तारीप्रति घोर भर्त्सना गर्दै तत्काल बिनासर्त रिहाइको माग गरिएको छ ।
गिरफ्तार गरिएका सम्पुर्ण नेताहरुको रिहाइ र वार्ताको वातावरण बनाउन सरकारसँग आग्रह गर्दै अन्यथा नेबिसंघको नेतृत्वमा कडा संघर्षमा उत्रने महामन्त्री तिमल्सिनाले चेतावनी दिए ।
मुख्यमन्त्रीलाई लक्षित गरेर ढुंगा प्रहार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । नेपाली कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले भने सिद्दार्थ कटेजमा बसेर आन्दोलनको समिक्षा गरिरहेका बेला नेता कार्यकर्तालाई पक्राउ गरिएको अरोप लगाएका छन् ।
उनीहरुले प्रहार गरेको ढुंगा मुख्यमन्त्री पोखरेल सवार गाडीमा लागेको प्रहरीले जनाएको छ । गाडीमा ढुंगा प्रहार गर्न थालिएपछि प्रहरीले हवाई फाईर समेत गरेको थियो ।
प्रदेश ५ को राजधानी दाङ प्रस्ताव गरेको विराधमा नेपाली कांग्रेसले आन्दोलनको घोषणा गरेको छ । सोही कार्यक्रमअनुसार आइतबार सो पार्टीले रुपन्देही बन्द समेत गरेको थियो ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *