Saturday, April 18

गण्डकी प्रदेशमा थप २ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशमा थप २ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु । गोरखा तथा नवलपरासीका १÷१ जनाको पछिल्लो पटक कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
गोरखाको बारपाक सुलिकोट ६ का ४५ वर्षीय महिलाले कोरोनाबाट ज्यान गुमाएकी छिन् । उनको उपचारका क्रममा काठमाडौंको बयोधा अस्पतालमा यही असोज १५ गते ज्यान गएको हो । उनी किड्नी सम्बन्धी रोगबाट ग्रसित रहेकी थिइन् ।
यता नवलपरासी (ब.सु.पू) का १ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । जिल्लाको कावासोती ५ का ७७ वर्षीय महिलाको कोरोनाबाट आज बिहान ३ बजेर ४५ मिनेट जाँदा चितवन मेडिकल कलेजमा ज्यान गएको हो ।
पिसाब तथा श्वासप्रश्वासको समस्याबाट ग्रसित उनको आइसियुमा उपचार भइरहेको थियो । उपचारका लागि उनी असोज १६ गते अस्पताल भर्ना भएकी थिइन् । उनको श्वाब संकलन पश्चात गरिएको परीक्षणका क्रममा उनलाई असोज १८ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ३६ पुगेको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *