नेपाल अखबार, पाेखरा। नेपालमा पछिल्लो २४ घण्टामा थप ४३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर ४३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएकाे छ।
मन्त्रालयका अनुसार आज देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ६८४ रहेको छ। त्यस्तै आज देशभरमा संस्थागत आइसोलेसनमा ११ हजार ७१७ जना रहेका छन्।
पछिल्लो २४ घण्टामा थप १८ हजार ४७३ पीसीआर परीक्षण भएसँगै ११ लाख ३१ हजार ९५८ अहिलेसम्म भएको परीक्षणको संख्या पुगेको छ।
त्यस्तै आज थप २ हजार ६७५ कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ।

