Sunday, July 5

महिलाको लागि हिजाब कहिल्यै अवरोध हुँदैन

सईद उल शेख
 

Advertisement

भद्रपुर, झापा

Advertisement
Advertisement

वेस्टर्न मीडयाहरुको फ्रंट पेजमा हिजाबलाई लिएर धेरै लेखहरु समाचारहरु लेखिन्थ्यो र लेख्दैछन । मुस्लिम पुरूषहरु मुस्लिम महिलाको शोषण गर्ने,हिजाबमा बाँधेर राख्ने,बहु गर्ने, राजनीतिक सामाजिक क्षेत्रमा अगाडि बढ्न नदिने,दबाएर राख्ने लगायत भएको जति सबै गलत आरोप लगाउने गरेका छन । भारतमा पनी जबदेखि मोदी सरकार आएको छ हिजाब र मुस्लिम महिलालाई लिएर बिभिन्न किसिमका मुद्दामा अनलाइन मीडया , प्रिंट मीडया इलेक्ट्रॉनिक मीडयाको हेडलाईन बन्दै आएको छ ।

Advertisement

मजीजिया भानु

मजीजिया भानुको जन्म सन् १९९४ मा भारतको केरला ओरक्कत्तेरी, कोजीकोडेमा भएको थियो । बुवा अब्दुल मजीद र आमा राजिया की छोरी हुन । Asia Powerlifting Championship २०१७ मा सिल्वर मेडल र २०१८ को सुरवातमा मिस्टर केरल प्रतियोगितामा गोल्ड मेडल जितेर इतिहास रचेकिछिन । Ref 1 , 2

इक़बल असद
फिलिस्तीनकी २० वर्षीय इकबल असदलाई गिनीज वर्ल्ड रेकर्डले विश्वको सबैभन्दा कान्छी डाक्टरको रूपमा स्थापित गरेको थियो। फिलिस्तीनमा महिलाहरु हिजाबलाई निकै प्राथमिकता दिने गरेका छन । इकबल जस्ती यहां (फिलिस्तीन मा) सयौ डाक्टर हरु छीन । Ref 1

नूर मोअना इशाक
मलेशियाकी नूर मोअना इशाकको जन्म दिसम्बर १९८४ भएको थियो । प्रायः जस्तो पाइलटहरु वेस्टर्न ड्रेसमा देखिन्छ तर नूर मोअना इशाक पाइलटको ड्रेस कोड पालन गर्दै ऊनि हिजाबलाई पनि ठाउँ दिएको छ । नूर जस्तै तुर्की,चेचेन्या, बांग्लादेश, पाकिस्तान र दुबईकी मुस्लिम युवतीहरु पाइलट छीन । Ref 1

यहां हामीले बुझ्नु पर्ने के हो भने जसरी मुस्लिम समुदायका दिदिबहनीहरु हरेक क्षेत्रमा सय मा सय सफल छैनन् त्यसरी नै गैर मुस्लिम समुदायमा पनि हरेक क्षेत्रमा सय मा सय सफल छैनन् । तर मुस्लिम महिलाहरु प्रति जसरी गलत प्रचार गरिएको छ त्यों सरासर अन्याय हो । महिला अधिकारको नाममा मुस्लिम समुदाय आफ्नो चेलिबेटीहरुलाई नाङ्गो हुनु अनुमति दिदैन किन भने यो इस्लाम को दायरामा हराम कार्य मानिएको छ । महिला मात्र होइन मुस्लिम पुरूषहरुलाई पनि यो कार्य गर्नु बाट रोकिएको छ ।
हो हामी स्वीकार गर्छौ की नेपालको अधिकांश जिल्लाहरुमा मुस्लिम महिलाहरु शिक्षा बाट वंचित छ र सामाजिक क्षेत्र बाट पनी निकै टाढा राखिएको छ । हामी पनि आफ्नो चेलीहरुलाई उच्च शिक्षा प्रदान गर्नु पर्छ ताकि भोली गएर डॉक्टर, पाइलट वा बॉक्सर बनून र देशको साथ साथ अभिभावकहरुको नाम पनि उच्च राख्नमा सफल हुन ।

हिजाब बाधक कहिले थिएन,
कहिले हुदैन पनि ।
इन्शाअल्लाह

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *