Saturday, April 18

आफ्नो राजीनामा माग्नेलाई पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भने : ‘डाका’

नेपालअखबार, एजेन्सि । पाकिस्तानमा अहिले सरकार र विपक्ष दल आमनेसामने भएका छन्। एकले अर्काेको सक्दो विरोध गरिरहेका छन्।
उर्दू पत्रिका जंगका अनुसार प्रधानमन्त्री इमरान खानले आफ्नाविरुद्ध एक भएका विपक्षी दलका नेतालाई डाकाको संज्ञा दिएका छन्।
उनले भनेका छन्, ‘सबै बेरोजगार राजनेता एक भएका छन्, यो डाकाहरूको एकता हो। विपक्षीहरू आफ्नो इच्छाबमोजिम जति विरोध जुलुस गर्नुछ गर, तर कानुन तोड्यौ भने सीधै जेलमा जान्छौ र त्यो जेल भीआईपी जेल हुने छैन, आम कैदी बस्ने साधारण कारागार हुनेछ।’
पाकिस्तानमा सबै प्रमुख विपक्षी पार्टी मिलेर पाकिस्तानको लोकतान्त्रिक आन्दोलन (पीडीएम) गठन गरेका छन्। जसले प्रधानमन्त्री इमरान खानकाे सरकारविरुद्ध आन्दोलन गरिरहेकाे छ। उनकाे राजीनामा माग गरिरहेकाे छ।
प्रधानमन्त्री इमरान खान पनि विपक्षीविरुद्ध व्यापक विरोधमा उत्रिएका छन्, खासगरी पूर्वप्रधानमन्त्री नवाज सरिफलाई उनले निशाना बनाएका छन्।
अखबारका अनुसार इमरान खानले विपक्षी पार्टीविरुद्ध खनिँदै भनेका छन्, ‘विपक्षीकाे मुद्दा लोकतन्त्र होइन, बरु भ्रष्टाचार बचाउने हो। लोकतन्त्र त म हुँ। देशले प्रगति गरिरहेको छ। यसैकारण विपक्षी जलिरहेका छन्।’ एजेन्सी

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *