नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशमा ४३ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेज, चितवन गरिएको परीक्षणमा ४३ जनामा संक्रमण पुष्टि भएको छ ।
निदैशनालयका अनुसार आइतबार विहान कोरोना संक्रमित हुनेमा तनहुँ जिल्ला शुक्ला गण्डकी नगरपालिकाका २४, २६, ४७ वर्षीया महिला, २८ र ४७ वर्षीय पुरुष छन् ।
त्यस्तै लमजुङ जिल्ला सुन्दरबजार नगरपालिका का ४२ वर्षीय पुरुष, २२ र ४५ वर्षीया महिला, लमजुङको राइनास नगरपालिका वडा नं ९ का ३३ वर्षीय पुरुष, दोर्दी वडा नं १ का ४२ वर्षीया महिला छन् ।
त्यस्तै नवलपुर जिल्ला देवचुली नगलपालिका वडा नं २ का ४८ वर्षीय पुरुष, वडा नं ९ का १९ वर्षीय पुरुष, वडा नं ११ का २७ वर्षीय पुरुष, वडा नं १३ का ४५ वर्षीय पुरुष, वडा नं १७ का ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । नवलपुरको गैडाकोट नगरपालिका वडा नं १ का ३० वर्षीया महिला, वडा नं २ का ४० वर्षीया महिला, ५१ र ५५ वर्षीय पुरुष, वडा नं ४ का ४० वर्षीय पुरुष र ५० वर्षीया महिला, वडा नं ५ का २६ वर्षीय महिला, वडा नं ८ का ३८ र ४६ वर्षीया महिला वडा नं ९ का २१ वर्षीय पुरुष, वडा नं १० का ५४ वर्षीय पुरुष, वडा नं ११ का २४ वर्षीया महिला, वडा नं १६ का ५६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।
नवलपुरकै विनय त्रिवेणी वडा नं २ का ३६ वर्षीय पुरुष, वडा नं ४ का ५० वर्षीय पुरुष, कावासोती नगरपालिका वडा नं ८ का ६४ वर्षीय पुरुष, वडा नं १४ का ३७ वर्षीया महिला, वडा नं १५ का २८ वर्षीया महिला, वडा नं १६ को ३२ र ३९ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ ।
तनहुँको देवघाट गाउँपालिका वडा नं २ का २३ वर्षीय पुरुष , वडा नं ४ का ८० वर्षीय पुरुष, तनहुँकै व्यास नगरपालिका वडा नं २ का ३९ वर्षीय पुरुष, वडा नं ११ का २६ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ ।
गोरखा पालुङटार नगरपालिका वडा नं ९ का ५० वर्षीया महिला, स्याङजा जिल्ला कालिगण्डकी वडा नं ५ का २८ वर्षीय पुरुष, बालगुङ काठेखोला गाउँपालिका वडा नं २ का ६५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कूल संख्या ४०५९ जना पुगेका छन् ।
चितवन मेडिकल कलेज, चितवनबाट कोरोनाको संक्रमण पहिचान भएका सबैजना सोही अस्पतालको आईसोलेसनमा बसेका छन् भने तनहुँ जिल्ला, सुक्लागण्डकीका सबैजना विपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र, तनहुँमा कार्यरत चिकित्सक, अनमी, सुरक्षागार्ड, लेखा र प्रशासनका हुनुहुन्छ ।

