Monday, April 20

पछिल्लो २४ घण्टामा १० जनाको कोरोनाबाट मृत्यु

नेपाल अखबार, पाेखरा। नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६०० पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ। मृतकमध्ये नौ जना पुरुष र एक महिला छन्।
यससँगै मृतकको संख्या ६०० पुगेको प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए।
डा. गौतमका अनुसार झापामा २९ र ५२ वर्षीय पुरुष, सुनसरीमा ४६, ५२ र ६८ वर्षीय पुरुषहरु, काठमाडौंमा ८७ वर्षीय महिला र ७१ वर्षीय पुरुष, ललितपुरमा ८४ वर्षीय पुरुष तथा रुपन्देहीमा ४७ र ८४ वर्षीय दुई पुरुषको कोरोनाका कारण ज्यान गएको हो।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *