Saturday, July 11

भक्तपुरका गेष्टहाउसमा प्रहरीको छापा, सन्चालकसहित १४ जना पक्राउ

नेपाल अखबार, काठमाडौं । भक्तपुरको ठिमी क्षेत्रका गेष्ट हाउसहरुबाट अमर्यादित क्रियाकलापमा संलग्न भएको भन्दै प्रहरीले गेष्टहाउस सन्चालकसहित १४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ७ जना महिला छन् ।
लकडाउन खुलेपछि गेष्ट हाउसहरूमा असामाजिक कृयाकलापहरू बढेको सूचनाको आधारमा शनिबार ठिमी प्रहरीले सुनकोशी गेष्ट हाउस, सनसाइन गेष्ट हाउस र बालकुमारी गेष्ट हाउसमा छापा मारेको थियो । सुनकोशी गेष्ट हाउसबाट धनुषाको धारापानी घर भएका २० वर्षीय कमल गिरी, मध्यपुर ठिमी नगरपालिका–७ बस्ने ३० वर्षीय रमेश घजु र दोलखाको भिमेश्वर–४ घर भै हाल नयाँठिमी बस्ने २० वर्षीया महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी सनसाइन गेष्ट हाउसका धनी रामेछापको उमाकुण्ड–२ घर भइ कौशलटार बस्ने ३८ वर्षीय दिलध्वज खड्का, दाङको राजपुर घर भई ललितपुरको बालकुमारी बस्ने २४ वर्षीया महिला, मोरङको केराउन–४ घर भई हाल भक्तपुरको कमलबिनायक बस्ने ३५ वर्षीया महिला, भक्तपुरको चाँगुनारायण–७ का ४७ वर्षीय पुरुष र भोजपुरको षडानन्द–११ घर भई हाल नयाँठिमी बस्ने २३ वर्षीय पुरुष पनि पक्राउ परेका छन् ।
यसैगरी बालकुमारी गेष्ट हाउसका धनी कालिकोटको नरनाथ–५ घर भई हाल नयाँठिमी बस्ने २४ वर्षीय नरेश बोगटी, सिन्धुलीको गैरीगाउँ–४ घर भई हाल नयाँठिमी बस्ने ३२ वर्षीया महिला, काभ्रेको रोशी–२ घर भई हाल नयाँठिमी बस्ने २३ वर्षीया महिला, सिन्धुलीको भिमान–२ घर भई जोरपाटी बस्ने २४ वर्षीया महिला, सुनसरीको धरान घर भई हाल लुभु बस्ने २२ वर्षीया महिला र मकवानपुरको कैलास गाउँपालिका–२ घर भई हाल नयाँठिमी बस्ने २७ वर्षीय पुरुष पक्राउ परेका छन् ।
पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी वृत्त ठिमीमा राखेर आवश्यक अनुसन्धान भइरहेको डिएसपी ऋषिराम कँडेलले जानकारी दिए ।

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *