Sunday, April 19

पोखराका २० जना सहित गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा। पोखराका २० जना सहित गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीको पोखराका २० जना, स्याङजाका एक जना, तनहुँका दुई जना, लमजुङका १६ जना तथा नवलपुरका ५ जना गरि प्रदेशका ५ जिल्लाका थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा पोखरा महानगर वडा नं ५का ३५ वर्षीय पत्रकार, पोखरा ८ का ५६ वर्षीय पुरुष, १० की २८ वर्षीया महिला, १७ का २४ र २५ वर्षीय पुरुष तथा ३८ वर्षीया महिला, पोखरा २४ का ३८ वर्षीय पुरुष, पोखरा चरक मेमोरियलमा उपचाररत ३१ वर्षीय पुरुष र ७० वर्षीया महिला, गण्डकी मेडिकलमा उपचाररत ४१ र ८८ वर्षीय पुरुष तथा २६ वर्षीया महिला एवम भौतिक पूर्वाधार विकास मन्त्रालयमा कार्यरत २४, २९, ३६, ४६, ४७, ५० र ५२ वर्षीय पुरुष रहेका छन ।
त्यसै गरी स्याङजा कालीगण्डकीका ३३ वर्षीय पुरुष, तनहुं घिरिङ ४ का २० र ४३ वर्षीय पुरुष, नवलपुर विनयत्रिवेणीका १६ र ५५ वर्षीय पुरुष तथा २०, २३ र ३८ वर्षीया महिला, लमजुङ सुन्दर वजारका १९ महिनाका बालक देखि ५० वर्ष उमेर समुहका ८ पुरुष तथा २१ वर्ष देखि ५२ वर्ष उमेर समुहका ८ महिलामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ हजार ८ सय ४५ पुगेको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *