Sunday, May 31

पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्ग पुनः सञ्चालनमा

नेपालअखबार,  चितवन । पहिरोका कारण अवरुद्ध  भएको पृथ्वीराजमार्ग सञ्चालनमा आएको छ । वर्षासँगै चितवनको इच्छाकामा–४ स्थित घोप्टेभिर र ठाडेखोलामा गए राति ११ बजे पहिरो खस्दा राजमार्ग दुईतर्फी अवरुद्ध बनेको थियो  ।

पहिरो हटाएर  बिहान २ः३० बजेदेखि यातायात दुईतर्फी रुपमा पुनः सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

Advertisement

सङ्घीय राजधानी काठमाडौँ जोड्ने मुख्य राजमार्ग पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन र कुरिनटारको बीचमा पर्ने घोप्टेभिरमा वर्षासँगै पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।