
सपना क्षेत्री, पर्वत। अनुसन्धान तथा विकासका लागि सहकार्य गर्दै दुई दिने तालिम सम्पन्न भएकाे छ । कुश्मा नगरपालिकाको होटल फ्रेन्ड्ली होटलमा दुई दिने अनुसन्धान तथा विकासका लागि सहकार्य भन्ने बिषयमा प्रमुख कृष्ण बहादुर खड्का र नरेन्द्र रोकाया तालिमलाई सहजिकरण गरेका थिए । तालिममा ९जनालाई सहाभागिता गराएकाे थियो ।
मोदी गाउँ पालिकाबाट १ जना ,कुश्मा नगरपालिकाको वाट २ जना ,फलेबास नगरपालिका बाट २ जना ,पौयु गाउँ पालिका बाट २ जना र यादी व्यादी गाउँ पालिका बाट २जना गरी जम्मा ९ जना सहभागी छन् । सहकारीको बारेमा प्लान इन्टरनेशनल नेपाल र एनप्रेड नेपाल युवा महिला सशक्तिकरण परियोजना मार्फत सन्चालन भएको हो। प्लान इन्टरनेशनल नेपाल इनप्रेड् नेपाल दुवर यस समुदायमा महिला सशक्तिकरणको लागि सहकारीमार्फत गरिब निवारण गर्न र महिला लाई लगानि संगै उधमि भन्ने कुरा जोड दिएको छ । यो परियोजना २२ महिनाका लागि पर्बत मा रहेको २०वटा सहकारी मा सन्चालन भएको थियो सहकारी भएको ८४०जना लाई सहकारीकाे बारेमा सोधपुछ गर्न र निचोड निकाल्ने काम सुरु भएको छ ।

