Friday, July 17

कम्युनिष्ट पार्टी विदेशीसँग झुक्दैनः माधव नेपाल

नेपालअखबार,  काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट पार्टीहरू कहिल्यै विदेशीसामु लम्पसार नपर्ने बताएका छन्।

शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कुनै पनि कम्युनिष्ट पार्टी विदेशीसामु झुक्न नसक्ने बताएका हुन्।

Advertisement

उनले कम्युनिष्ट पार्टी कहिल्यै विदेशीको इसारामा चल्न नसक्ने पनि बताए।

Advertisement
Advertisement

अध्यक्ष नेपालले कम्युनिष्ट पार्टी र कम्युनिष्ट आन्दोलनले देशभक्तिलाई महत्त्व दिने उल्लेख गर्दै राष्ट्र, राष्ट्रियताको रक्षा, राष्ट्रको मर्यादामा रहने कुरालाई केन्द्रबिन्दुमा राखेर अघि बढ्ने गरेको बताए।

Advertisement

उनले भने, ‘हाम्रो दिमागमा तीन वटा कुरा सदैव रहनुपर्छ। आफ्नो देश, राष्ट्र, राष्ट्रप्रतिको समर्पण भाव, देशभक्तिको भावना यसबाट हामी विचलित हुन सक्दैनौं। कम्युनिष्ट पार्टी र कम्युनिष्ट आन्दोलनले देशभक्तिलाई महत्व दिन्छ। विदेशीहरूको सामु लम्पसार पर्दैन। विदेशीहरूका सामु घुँडा टेक्दैन। विदेशीका इसारामा नाच्दैन। विदेशीहरूको स्वादमा चल्दैन। आफ्नो देश, आफ्नो राष्ट्र, राष्ट्रियताको रक्षा, राष्ट्रको मर्यादामा रहने कुरालाई केन्द्रबिन्दुमा राख्छ। फलस्वरूप जनताको विश्वास हामी जित्न सक्छौं।’