Wednesday, August 19

धनगढी विमानस्थलको स्तरोन्नति सुरु : पर्यटनमन्त्री आले

नेपालअखबार, धनगढी । कैलालीको धनगढी विमानस्थलको स्तरोन्नति कार्य सुरु भएको छ। शनिवार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले विमानस्थल स्तरोन्नतिको कार्य शिलान्यास गरेका छन्।

Advertisement

उनले धनगढी विमानस्थल परिसरमा आयोजित कार्यक्रमका बीच स्तरोन्नतिको निर्माण कार्यको शुभारम्भ गरेका हुन्।  उक्त स्तरोन्नति अन्तरगत टर्मीनल भवन सुधार, ब्यागेज हेन्डलिङ्ग सिस्टम, वाटर फाउन्टेन, क्यानटिन र गेट निर्माण हुने मन्त्रालयले जनाएको छ। ती संरचना निर्माणका लागि आन्तरिक स्रोतबाट १ अर्ब बजेट छुट्याएको बताइएको छ।

Advertisement
Advertisement

नेपाल नागरिक उड्डयन प्राधिकरणले धनगढी विमानस्थल विस्तारका लागि यसअघि एक अर्ब बजेट विनियोजन गरेको थियो। क्षेत्रीय विमानस्थलका रुपमा विकास गर्नका लागि जग्गा अधिग्रहणको काम अगाडि बढाउन उक्त बजेट विनियोजन गरिएको हो। सोहीअनुसार आवश्यक पर्ने २ सय ५८ विघा जग्गा अधिग्रहण तथा संरचना निर्माणको प्रक्रिया पनि सुरु भएको थियो।

Advertisement