Monday, July 27

घरको छतबाट खसेर महोत्तरीमा महिलाको मृत्यु

नेपालअखबार, महोत्तरी। महोत्तरीको गौशाला नगरपालिका–५ मा दुई तले घरको छतबाट लडेर एक महिलाको मृत्यु भएको छ।

Advertisement

जलेश्वर नगरपालिका–४ सुगागाउँ घर भई हाल गौशाला–५ स्थित दिनेश यादवको घरमा डेरा लिई बस्दै आएकी २६ वर्षीया पुनम महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।

Advertisement
Advertisement

छतमा सुकाएका कपडा लिन गएकी महतोको गए राति लडेर मृत्यु भएको हो। रासस

Advertisement