Sunday, July 26

प्रेमआले : समयले मागेमा म पुन नेतृत्वमा फर्किने नै छु

नेपालअखबार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले काम गर्ने सिलसिलामा आफूले गल्ति बोलेको भए आफ्नो त्यस्तो नियत नभएको बुझ्न आग्रह गरेका छन् । आइतबार मन्त्री पदबाट राजीनामा घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा उनले समयले मागे आफू फेरि मन्त्री हुने उल्लेख गरे ।

Advertisement

उनले भने–‘काम गर्दै जाने क्रममा मैले गल्ति बोलेको भए त्यो मेरो नियत थियो भन्ने नठानी दिनुहोला । त्यस्ता त्रुटीबाट म सचेत रहनेछु । मन्त्रीबाट बाहिर गएपछि म सांसदको रुपमा रहने र विकृतिका विरुद्धमा आवाज उठाइरहने छु । समयले मागेमा म पुन नेतृत्वमा फर्किने नै छु । मैले  गरेको कामलाई पछि आउने मन्त्रीले निरन्तरता दिने आशा राखेको छु ।’

Advertisement
Advertisement

यसवर्षको बुद्ध जयन्तीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल बोलाएर आजसम्म बुद्धको जन्मस्थानको बारेमा रहेको भ्रम र अन्यौलतालाई चिर्न मोदीबाट बुद्धको जन्म नेपालमा नै भएको हो भनेर बोलेको र सो कार्यक्रमको आफू अध्यक्षता गरेको विषयलाई पनि उनले आफ्नो सफलता मानेका छन् ।

Advertisement

उनले नेपालमा पहिलो पटक ५ हजार क्षमताको ध्यान केन्द्र निर्माण सम्पन्न गरेको र प्रधानमन्त्रीबाट उद्घाटन गराइएको बताए । लुम्बिनीलाई प्राकृतिक बनको रुपमा संरक्षण गर्नका लागि बुद्धकालीन प्रजातीका ४० हजार वृक्षारोपण कार्य सम्पन्न गरेको बताए ।

पशुपति क्षेत्रमा विश्वरुपा मन्दिरको शिलान्यास, पशुपतिनाथका खाली भित्ताहरुमा सौन्दर्यीकरणका लागि चित्र लेखन कार्य तथा रंगरोगन सरसफाई गरिएको र अन्य वर्षको तुलनामा गत बर्षको शिवरात्री भव्य र सभ्य रुपमा सफल भएको उल्लेख गरे । नेपालबाट हराएका ८६ वटा मुर्ति र थप अन्य सांस्कृतिक वस्तु विदेशबाट फिर्ता ल्याउने प्रक्रियामा रहेको आलेले बताए ।​

उनले पार्टीले आफूलाई विश्वास गरेर जिम्मेवारी दिएको तर मन्त्री हुन कुनै प्रयास नगरेको जिकिर गरे । मन्त्री आलेले यसअघि निजी एयरलाइन्सले ठूलो चलखेल गरेर आफूले अह्राएको मान्ने मान्छेलाई मन्त्री बनाउने गरेको तर आफू भने त्यस्तो नभएको दावी गरे ।

‘यो मन्त्रालयमा नेपाल एयरलाइन्स बाहेकका निजी कम्पनीले ठूलो चलखेल गरेर आफूले अह्राएर मान्न सक्ने मान्छेलाई मन्त्री बनाउथे, आफूले अह्राएर काम गराउन सक्नेलाई सचिव बनाउथे, नागरिक उड्डयन प्राधिकरणको डिजी (महाप्रबन्धक) बनाउथे’ उनले भने ।

मन्त्री आलेले अघि भने, ‘म एउटा यस्तो व्यक्ति हो, कसैको सहाराविना मेरो आदरणीय नेता माधव नेपालले ले नै यो जिम्मेवारी दिएको हुनाले.. मैले काम गर्दा पहिले पार्टीको अध्यक्षलाई बुझाउँथे, प्रधानमन्त्रीलाई बुझाउँथेँ ।’

‘नियुक्तिमा नेताको प्रेसर भोग्नुपर्‍यो’

मन्त्री आलेले आफ्नो मन्त्रालय अन्तर्गतका विभिन्न पदमा नियुक्ति गर्दा नेताको दबाव भोग्नुपरेको बताए । मन्त्री हुँदा कतिपय काम चाहेर पनि गर्न नसकेको भन्दै उनले आफूले भनेअनुसार राम्रो मान्छे नियुक्ति गर्न नसकेको बताए ।

‘कतिपय पार्टीको नेताको प्रेसरले गर्दा राम्रो मान्छेको ठाउँमा नराम्रो मान्छे नियुक्ति गर्नुपर्‍यो, त्यसको भुक्तभोगी म आफैं छु’ उनले भने । आफूले कुनै डर धाक धम्कीको परवाह नगरी काम गरेको मन्त्री आलेले बताए ।