Sunday, July 26

किसान श्रेष्ठको आग्रह : नयाँ मन्त्रीलाई सहयोग गरेर सफल बनाइदिनुहोला

नेपालअखबार, काठमाडौं । निवर्तमान श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले आफूलाई सहयोग गरेजसरी नै नयाँ मन्त्रीलाई पनि सहयोग गरेर सफल बनाइदिन आग्रह गरेका छन् ।

Advertisement

आज पत्रकार सम्मेलन गर्दै श्रेष्ठले मन्त्रालयका कर्मचारी लगायतलाई सो आग्रह गरेका हुन् । ‘जसरी मलाई सहयोग गर्नुभएको थियो, त्यसैगरी नयाँ आउने मन्त्रीलाई पनि सहयोग गरेर सफल पार्दिनुहोला,’ उनले भने । आफू पदमा रहँदा विवादरहित ढंगले काम गरेको भन्दै उनले आफ्नो ८ महिना २१ दिनको कार्यकाल सफल भएको दाबीसमेत गरे ।

Advertisement
Advertisement
मन्त्रालयबाट विदा हुँदै गर्दा आफूलाई कत्ति पनि नरमाइलो नलागेको बताउँदै  फेरि पनि मन्त्री हुन सकिने  बताए । ‘माननीय अहिले पनि छु, अर्को मन्त्री हुन पनि सकिएला, फेरि पनि चुनाव जितेर आउन सकिएला’ उनले भने, ‘छुट्टीदा नरमाइलो लाग्नु स्वाभाविक हो, तर मन्त्रीको रुपमा जाँदा नरमाइलो लागेको छैन ।’

Advertisement