
नेपालअखबार,जाजरकोट । जाजरकोट कुशे गाउँपालिका–५ जरगाउँकी ३० वर्षीया नारायणकली रोकायको सुत्केरी हुँदा मृत्यु भएको छ । घरमै सुत्केरी भएकी रोकायाले चौथो सन्तानलाई जन्म दिएपछि ज्यान गएको स्थानीय तारा खड्काले जानकारी दिइन् ।
समयमै साल नखसेर नारायणकलीको मृत्यु भएको खड्काको भनाइ रहेको छ । सुत्केरी भएको ५ घण्टापछि मृत्यु भएकी नारायणकलीको ४ घण्टासम्म साल खसेको थिएन ।

