Tuesday, July 28

एकीकृत प्रयासबाट मात्र विपद्को सामना सम्भव हुन्छ : गृहमन्त्री खाण

नेपालअखबार, काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाणले विपद्को सामना एकीकृत प्रयासबाट मात्रै सम्भव हुने बताएका छन् । मनसुन पूर्वतयारी प्रतिकार्य बैठकमा खाणले प्राकृतिक प्रकोपबाट जनधनको रक्षा गर्नु सरकारको मुख्य दायित्व भएकाले एकीकृत प्रयास गर्न आग्रह गरेका छन् ।

Advertisement

विपद्को जोखिम न्यूनिकरण गर्दै जनताको जीउधनको रक्षा गर्ने राज्यको मूल दायित्व पूरा गर्न ठूलो चुनौति रहेको भन्दै गृहमन्त्री खाणले सो चुनौती चिरेर अघि बढ्न सरोकारवालाहरूलाई निर्देशन दिएका  छन् ।

Advertisement
Advertisement

भारी वर्षापछि आउने बाढी, पहिरो तथा हुने डुबानबाट रोक्ने रणनीतिसहितको पूर्वतयारी आवश्यक रहेको उल्लेख गर्दै खाणले भने–‘सड्क, खानेपानी, सञ्चार, स्वास्थ्य, सुरक्षासहितका निकाय तयारी अवस्थामा बस्नुपर्छ ।’

Advertisement

बैठकमा विपद् प्रतिकार्यमा संलग्न सरकारी निकायहरुले आफ्नो पूर्वतयारी बारे जानकारी गराएका थिए ।