Wednesday, July 8

समाजवादी प्रेस संगठनको मधेश प्रदेशको विस्तारीत बैठक सम्पन्न

नेपालअखबार । समाजवादी प्रेस संगठन मदेश प्रदेशको विस्तारीत वैठक सम्पन्न भएको छ । भेलाले मधेश प्रदेशमा संगठनको अवस्थाको बारेमा जानकारी गराइएको थियो । भेलाले मधेश प्रदेश अन्तर्गतका ८ वटा जिल्लाको संगठनको सदस्यता अध्यावधिक गरी असार मशान्त भित्र प्रदेश समितिलाई बुझाउने निर्णय गरेको छ । यस्तै मधेश प्रदेशका ८ वटै जिल्लाहरुको संगठनको अधिवेशन आगामी साउन १५ भित्र गरीसक्ने,प्रदेश अधिवेशन साउन २८ र २९ गते गर्ने निर्णय गरेको छ । भेलाले नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय प्रचार विभागवाट संचालित कलम पत्रिका र कलम अनलाईन मधेश प्रदेशवाट समाचार संप्रेषण गर्न प्रदेश प्रतिनिधि रुपमा वृजलाल पासवान र जिल्ला संवाददाताहरु पर्षावाट रेविन्द्र कार्की,सर्लाहीवाट क्षितिज विश्वकर्मा,सप्तरीवाट अनिल पोख्रेल वारावाट अजय साह रौतहटवाट अस्मिता गिरी धनुषावाट अवुल साहलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

Advertisement

समाजवादी प्रेस संगठन मधेश प्रदेशका संयोजक वृजलाल पासवानको अध्यक्षतामा नेकपा९एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य तथा मधेश प्रदेश उपाध्यक्ष रामचन्द्र साहको उपस्थितिमा सम्पन्न भएको थियो । कार्यक्रममा समाजवादी प्रेस संगठनका उपाध्यक्ष तथा केन्द्रीय प्रचार विभागका सचिव प्रकाश खतिवडा, संगठनका उपाध्यक्ष तथा विभागका सदस्य सित्तल साह समाजवादी प्रेस संगठनका महासचिव तथा केन्द्रीय प्रचार विभाग सदस्य भुपराज खड्का एकीकृत समाजवादी पर्षाका कार्यवाहक अध्यक्ष गंगा खड्का,प्रेस संगठन मदेश प्रदेशका इञ्चार्ज सुभाष साह,सह इञ्चार्ज राघव साह संगठनका केन्द्रीय सदस्य अम्विका दाहाल लगायतको उपस्थिति रहेको थियो ।

Advertisement
Advertisement

Advertisement