Sunday, August 2

त्रिशूली नदीले बगाउँदा आमा-छोरा बेपत्ता

नेपालअखबार, नुवाकाेट । नुवाकोटमा त्रिशूलीले बगाउँदा आमा-छोरा बेपत्ता भएका छन्।

Advertisement

शनिबार दिउँसो पौने ३ बजे विदुर नगरपालिका-३ ढोडेनी बस्ने आमा र छोरा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिए।

Advertisement
Advertisement

पूर्णलाल श्रेष्ठका ७ वर्षीय युनिक श्रेष्ठ नदी किनारमा खेल्ने क्रममा नदीले बगाएको थियो।

Advertisement

छोरालाई बगाउँदा उनकी आमा ३२ वर्षीया सन्जिता बचाउन भनेर गएकी थिइन्। तर उनलाई पनि नदीले बगाएको हो।

उनीहरूलाई बगाएको भन्ने खबर पाएपछि प्रहरीको टोली घटनास्थल पुगेको छ। सशस्त्र प्रहरी बल र विपद व्यवस्थापन नुवाकोट समेतको टोलीले आमा-छोराको खोजी गरिरहेको छ।

स्थानीयहरूले पनि उनीहरूको खोजी गरिरहेको छ।