Saturday, April 25

बालमैत्री स्थानीय शासन प्रवद्धन का लागि बाल क्लब र वाल सञ्जाल पुनगर्ठन

सपना क्षेत्री,  पर्वत  । मोदी गाउँ पालिका वडा नं ८चित्रे मा बालमैत्री स्थानीय शासन प्रवद्धन का लागि बाल क्लब र वाल सञ्जाल पुनगर्ठन गरिएको छ । चित्रे को तमु बहुउद्देश्यी सामुदायिक भवन मा प्रशिक्षण गरिएको थियो ४५ जनाको बालबालिकाको सहभागिता रहेको थियो कार्यक्रमको अध्यक्षता यसै मोदी गाउँ पालिकाकी सदस्य सन्तोषी बि क को अध्यक्षबाट भएको थियो ।

भन्ने प्रशिक्षणको काम बालमैत्री स्थानीय शासन व्यवस्थाक मधुसोधन अधिकारीले गर्नु भएको थियो कार्यक्रमको सञ्चालनमा यसै वडाका वडा सचिव कमल पौडेलले गर्नु भएको थियो आयोजक मोदी गाउँ पालिका वडा नं ८ चित्रे पर्बतले गरेको थियो भने व्यवस्थापनमा बालमैत्री स्थानीय शासन वडा समिति ले गरेको थियो  ।

Advertisement

शुभकामनामा यसै वडा कि बालमैत्री स्थानीय शासन व्यवस्थाक शुशिला देवी गुरुङले बालबालिकाको लागि धेरै पहिलेदेखि नै  आफूले काम गरदै आयको र बालबालिकालाई परेको समस्याको समाधान गर्न  आफु प्रतिबद्धता रहेको बताउनु भयो  । छ चित्रे मा बालमैत्री घोषणा मिति २०७४ माघ १५ गते को दिन मा चित्रे लाई बालमैत्री धोषणा गरिएको थियो ।

बालबालिका बालमैत्री स्थानीय शासन कार्यान्वयन भए पछि उनिहरु को जिवन सहज बन्दै गएको र पढ्न छोडेका बालबालिकाहरु पनि बिधालय पढ्न थाले र बाल विवाहलाई पनि केही हदसम्म कम गर्न सकियको स्थानीय बासिन्दाले बताएका छन् ।

आजै स्तरिय योजना तर्जुमा गर्ने र बालबालिका लाई हरेक क्षेत्रमा सहभागिता गराउने बालमैत्री स्थानीय शासन व्यवस्थान ले बताए उनले हरेक गतिविधि सञ्चालन गर्ने बालबालिका लाई उतिकै सहभागितामा  जोड दिएको बताएका छन्।