Saturday, July 25

घुससहित सब-इञ्जिनियर पक्राउ

नेपालअखबार, वीरगञ्ज। सहरी विकास तथा भवन कार्यालय पर्साका सब-इञ्जिनियर रुपेशकुमार दुवेलाई प्रहरीले एक लाख ७० हजार रूपैयाँ घुससहित पक्राउ गरेको छ।

Advertisement

वीरगञ्ज महानगरपालिका– १० स्थित भवन कार्यालयमा सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय बिर्ताको टोलीले दुवेलाई आज पक्राउ गरेको हो।

Advertisement
Advertisement

सव-डिभिजन वन कार्यालय वसन्तपुर र सव-डिभिजन वन कार्यालय मनवामा १७ लाख रूपैयाँको लागतमा निर्माण भएको तीन/तीन कोठे भवनको मूल्यांकन गरी दिने बहानामा ठेकदारबाट रकम लिँदै गरेको अवस्थामा दुवे पक्राउ परेको वडा प्रहरी कार्यालय बिर्ताका इन्चार्ज प्रहरी निरीक्षक विकास मल्लले जानकारी दिए।

Advertisement

पक्राउ परेका दुवेलाई आवश्यक अनुसन्धानका लागि वडा प्रहरी कार्यालय बिर्तामा राखिएको छ।

मूल्यांकनको १० प्रतिशत रकम दिएपछि मात्र काम गर्ने भन्दै आएका दुवेलाई स्थानीय प्रशासनको सहयोगमा पक्राउ गरिएको बताइएको छ। रासस