Sunday, July 26

जबरजस्ती मुद्दाका फरार शिक्षक दश वर्षपछि पक्राउ

नेपालअखबार, चितवन। प्रहरीले जबरजस्ती करणी गरी फरार भएका एक शिक्षकलाई दश वर्षपछि पक्राउ गरेको छ।

Advertisement

चितवन साविक गोरखा नगरपालिका-७ का ४५ वर्षीय भरत ढकाललाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्याम कुमार महतोले जानकारी दिए। उनी छेपेटार तारा उच्च माध्यामिक विद्यालयका शिक्षक हुन्।

Advertisement
Advertisement

उनका अनुसार ढकाललाई शुक्रबार भरतपुर नगरपालिका-१५ पिठुवाबाट पक्राउ गरेको हो।

Advertisement

ढकालले २०६९ साल चैत ३ गते मादक पदार्थ सेवन गरी घरमा कोही नभएको मौका पारी पीडितलाई जबरजस्ती करणी गरेको प्रहरी उपरीक्षक महतोले बताए।

उच्च अदालत कास्कीले ढकाललाई पाँच वर्ष कैद र ५० हजार क्षतिपूर्ति भराउन आदेश दिएको थियो। तर उक्त फैसलापछि उनी फरार थिए।

प्रहरीले उनलाई फैसला कार्यान्वयनको लागि चितवन जिल्ला अदालतमा पेस गरेको जनाएको छ।