Saturday, July 25

चार घन्टापछि खुल्यो पहिराले अवरूद्ध पृथ्वी राजमार्ग

नेपालअखबार,  तनहुँ । पृथ्वी राजमार्ग सडकअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-६ तुरतुरेमा शनिबार बिहान पहिरो खस्दा अवरूद्ध भएको राजमार्ग करिब चार घन्टापछि खुलेको छ।

Advertisement

बिहान करिब ४ बजेदेखि पहिराका कारण अवरूद्ध भएको राजमार्ग पहिरो पन्छाएपछि नियमित सञ्चालनमा आएको हो। पहिराका कारण पूर्ण रूपमा अवरूद्ध राजमार्ग डोजरका सहायताले पहिरो पन्छाएपछि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

Advertisement
Advertisement

चारवटा डोजर लगाएर पहिरो पन्छाएपछि अहिले निर्वाध रूपमा दुईतर्फी सवारी साधन सञ्चालनमा आएको उनले बताए।

Advertisement

पृथ्वी राजमार्गअन्तर्गत तनहुँ जिल्लाको अन्य भागमा सडक अवरूद्ध नरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। रासस