Wednesday, July 8

सागमा नेपालको सय स्वर्ण

दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा नेपालले एक सयवटा स्वर्ण पदक हात पार्न सफल भएको छ।

Advertisement
सक्षम कार्कीले तेक्वान्दोमा स्वर्ण जितेसँगै नेपालले साग खेलकुद प्रतियोगितामा सय स्वर्ण जितेको हो। ८७ केजीमाथिको तौल समूहमा उनले पाकिस्तानका अक्वर अली शाहलाई २७–९ ले पाखा लगाउँदै स्वर्ण जितेका हुन्। सन् १९८४ देखि सुरुवात भएको सागमा नेपालले १२ औं सागसम्म आइपुग्दा ७१ वटा स्वर्ण हात पारेको थियो।
१३ औं सागमा बुधबार नेपालले २९ स्वर्ण जितेसँगै नेपालले स्वर्ण पदकमा सय पदक जितेको हो।
नेपालमा जारी साग प्रतियोगिता मंसिर २४ गतेसम्म चल्नेछ। हाल विभिन्न विधाका खेलहरु जारी छन्। नेपालले स्वर्ण तथा अन्य पदक संख्या बढाउँदै गएको छ।

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *