Tuesday, May 5

एकीकृत समाजवादीको लुम्बिनी प्रदेश अध्यक्षमा पाण्डे

नेपालअखबार, बुटवल ।  नेकपा (एकीकृत समाजवादी) को लुम्बिनी प्रदेश अध्यक्षमा सोमप्रसाद पाण्डे चयन हुनुभएको  छ । शनिबार बुटवलमा सम्पन्न पार्टीको प्रदेश कमिटी वैठकले संघीय सांसदसमेत रहनुभएका  पाण्डेलाई अध्यक्ष चयन गरेको हो ।

यसअघिका प्रदेश अध्यक्ष मेटमणि चौधरी शहरी विकास मन्त्री नियुक्त भएपछि पाण्डेलाई अध्यक्ष बनाइएको हो ।
उपाध्यक्षहरुमा श्रीराम यादव र  चीनबहादुर गुरुङ, सचिवमा सरिता श्रीस, उपसचिवमा थानेश्वर खरेल, टंक पोखरेल र मीरा श्रेष्ठ चयन हुनुभएको छ  ।

Advertisement

वैठकले आगामी निर्वाचनलाई लक्षित गर्दै १२ वटै जिल्लामा निर्वाचन अभियान थाल्ने निर्णय गरेको छ । वैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले निर्वाचनमा ५ दलीय गठबन्धन कायम रहने भएपनि गठबन्धनको मात्र भर नपरी संगठन विस्तार र परिचालनमा केन्द्रित हुन निर्देशन दिनुभएको थियो  ।