Tuesday, May 5

सिरहामा करेन्ट लागेर एकजनाको मृत्यु

नेपालअखबार, सिरहा। सिरहाको गोल बजारमा करेन्ट लागेर एकजना किसानको मृत्यु भएको छ । धानखेतमा पानी पटाउने क्रममा पानी तान्ने मोटर चलाउने क्रममा बुधबार राती करेन्ट लागेर गोलबजार नगरपालिका–८ चोहर्वाका करिब ५५ वर्षीय अशेश्वर मण्डलको मृत्यु भएको हो ।

घर नजिकै खेतमा पानी पटाइरहेका उनलाई रातीको खाना खानलाई बोलाउन जाँदा मृत भेटिएको पारिवारिक सदस्यले जानकारी दिए ।  प्रहरीले घटनास्थल मुचुल्का उठाई पोष्टमार्टमका लागि शव प्रादेशिक अस्पताल लहान पठाइएको जनाएको छ । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ ।

Advertisement