नेपालअखबार, काठमाडाैं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को शुक्रबारदेखि हुने तीन दिने भारत भ्रमणका बारेमा छलफल भएको छ।
Advertisement
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको बैठकले अध्यक्ष दाहालको भ्रमणले नेपाल–भारतबीचको आपसी सम्बन्धलाई थप सुदृढ गर्न मद्दत मिल्ने निष्कर्ष निकालेको छ।
Advertisement
Advertisement
बैठकमा अध्यक्ष दाहालले आफ्नो भारत भ्रमणको तयारीका बारेमा ब्रिफिङ गराएका थिए।
Advertisement
बैठकले उनको भ्रमण सफलताको कामना गरेको छ। करिब दुई महिना पहिले नै नेपालका लागि तत्कालीन भारतीय राजदूत विनय मोहन क्वात्राले अध्यक्ष दाहाललाई भेटी उपयुक्त समयमा भारत भ्रमणको निम्तो दिएका थिए।
सो भेटका अवसरमा दाहालले जुलाईको पहिलो वा दोस्रो सातासम्म भ्रमण सम्भव हुने जवाफ दिएका थिए।
सोहीअनुसार नै भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाले अध्यक्ष दाहाललाई भारत भ्रमणको औपचारिक पत्राचार गरेका थिए। दाहाल आगामी साउन १ गते आइतबार स्वदेश फर्कनेछन्।