Thursday, July 9

आज पनि काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

नेपालअखबार, काठमाडाैं  । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको जारी बैठकमा आजबाट पदाधिकारीले आ आफनो धारणा राख्ने भएका छन ।

Advertisement

यस अघिको बैठकमा केन्द्रिय सदस्यहरुले धारणा राखिसकेको पछि उनीहरुले उठाएका प्रश्नको जवाफसहित पदाधिकारीले आ–आफनो धारणा राख्ने कार्यसूची रहेको काँग्रेसले जनाएको छ । बैठक अपरान्ह १ बजे बस्दैछ ।

Advertisement
Advertisement

जारी बैठकमा संघीय संसदको निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले लोकप्रिय हुनका लागि पार्टी नेतृत्वको आलोचना गरेर ‘मिडिया स्टन्ट’ गरेको, बागी उम्मेदवारलाई कारवाही गर्ने कि नगर्ने, अन्य पार्टीका चुनाव चिन्हमा मतदान गर्न लगाएर पार्टीको पहिचानमा समस्या पारेको लगायत विषयमा केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए ।

Advertisement

आजको बैठकमा सभापति, उपसभापति, महामन्त्री र सह–महामन्त्री गरी १४ जना पदाधिकारीले सो बारेमा आफनो धारणा राख्ने छन ।