Wednesday, August 5

एकीकृत समाजवादीका जनप्रतिनिधिलाई आजदेखि पार्टीको प्रशिक्षण

नेपालअखबार, काठमाडाैं । नेकपा एकीकृत समाजवादीले पार्टीको तर्फबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई आजदेखि दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण तालिम सुरू हुँदैछ।

Advertisement

आज बिहान ११ बजेदेखि काठमाडौंको थापागाउँस्थित अर्पण व्याङक्वेट बानेश्वरमा प्रशिक्षण कार्यक्रमको उद्घाटन हुने नेकपा एसको केन्द्रीय कार्यालयले जनाएको छ।

Advertisement
Advertisement

प्रशिक्षणमा पार्टीको तर्फबाट निर्वाचित, पालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, उपाध्यक्ष, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुखहरु सहभागी हुनेछन्।

Advertisement