
नेपालअखबार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत (समाजवादी)का अध्यक्ष माधव नेपालले स्थानीय निर्वाचनमा गठबन्धनको भर पर्दा पार्टी कमजोर भएको बताउनु भएको छ ।
गठबन्धनको भर पर्दा धोका भएको उहाँले बताउनुभएको हो । ‘आफ्नै शक्तिको बिस्वास गर्दै , जित्छु भन्ने भरोसा भएकाहरुले ईतिहांस रचेको उहाँको भनाइ छ ।
पार्टीका जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धनको कुनै भरोसा नभए पनि लोकतन्त्र जोगाउन गठबन्धन गर्नु परेको बताउनुभएको छ ।
आफ्नै मात्र तयारी गर्दै अगाडि बढेको भए स्थानीय तह निर्वाचनमा एकीकृत समाजवादीले थप जित्न सक्ने उहाँले बताउनुभएको छ । केहि ठाउँमा पार्टी भित्रै भएको अन्तर्घातका कारण पछाडी पर्नु परेको पनि उउहाँको भनाई छ।

