Wednesday, July 15

ओलीले भने सत्तारूढ गठबन्धनमा आफैं फुट आउँछ

नेपालअखबार, । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ गठबन्धनमा आफैं फुट आउने दाबी गरेका छन्।

Advertisement

अध्यक्ष ओलीले कतिपयले सत्तारूढ गठबन्धन फोडौं भन्ने गरेको प्रसंग उल्लेख गर्दै त्यो आफैं फुटेर जाने बताएका हुन्।

Advertisement
Advertisement

बुधबार काठमाडौंमा आयोजित पार्टीको बागमती प्रदेश स्तरीय बृहत् भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले गठबन्धनमा आवद्ध दलहरू सबै स्वार्थी पुँजीवादी बाटोमा हिँडेकाले उनीहरू कहिल्यै एकताबद्ध हुन नसक्ने तर्क समेत गरे।

Advertisement

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ गठबन्धनमा आफैं फुट आउने दाबी गरेका छन्।

अध्यक्ष ओलीले कतिपयले सत्तारूढ गठबन्धन फोडौं भन्ने गरेको प्रसंग उल्लेख गर्दै त्यो आफैं फुटेर जाने बताएका हुन्।

बुधबार काठमाडौंमा आयोजित पार्टीको बागमती प्रदेश स्तरीय बृहत् भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले गठबन्धनमा आवद्ध दलहरू सबै स्वार्थी पुँजीवादी बाटोमा हिँडेकाले उनीहरू कहिल्यै एकताबद्ध हुन नसक्ने तर्क समेत गरे।

ओलीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पार्टी ढिक्का भएर अघि बढ्ने समेत बताए।

स्थानीय तहको निर्वाचनमा जस्तो पार्टीका कार्यकर्ताहरू इमानमा नरहने अवस्था अब नआउने र आगामी निर्वाचनमा आफ्नो पार्टी विजयी हुने उनले बताए।

ओलीले स्थानीय तह निर्वाचनमा जस्तो पार्टीमाथि नै घात नगर्न पनि पार्टीका कार्यकर्तालाई सचेत गराए।

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले एमालेले हार्‍यो भनेर गरेको प्रचारको भ्रममा नपर्न पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गरे।

अर्काको रूखबाट झरेको पात अलिअलि डोकोमा जम्मा गरेकाहरूले स्थानीय तह निर्वाचनमा एमाले समाप्त भयो भन्न नमिल्ने अध्यक्ष ओलीको भनाइ थियो।