
नेपालअखबार, काठमाडौं । नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित भएका छन् ।
लम्साल ७४५ मतका साथ विजयी भएका हुन् । उनकी निकटतम प्रतिस्पर्धी अनिता विन्दुले ६१२ मत लयाइन् भने अर्का प्रतिस्पर्धी भुवन भट्टले १९ मत पाए ।
वरिष्ठ उपाध्यक्षमा प्रेम केसी निर्वाचित भएका छन् । केसीले ६८५ मत पाए भने उनका प्रतिस्पर्धी सरोज अधिकारीले ६६५ मत ल्याए ।
खुला उपाध्यक्षमा नकुल अर्याल र भीष्मराज ओझा निर्वाचित भए । महिला उपाध्यक्षमा सलोजा दाहाल, समावेशी उपाध्यक्षमा दिपेन्द्र वान्तवा, प्रदेश १ उपाध्यक्षमा डिल्लीराम खतिवडा, मधेशबाट अनिल कर्ण, बागमतीबाट डाक्टर मुरारी अधिकारी, गण्डकीबाट ऋषिकान्त पौडेल, लुम्बिनीबाट माधवप्रसाद अर्याल, कर्णालीबाट राजेन्द्रबहादुर कार्की, सुदूरपश्चिमबाट प्रेम चुनारा र काठमाडौं उपत्यकाबाट जीवन भण्डारी उपाध्यक्षमा निर्वाचित भए ।

