Friday, April 24

नेकपा एमाले कास्कीका नेता तोरणबहादुर केसी नेकपा एकीकृत समाजवादीमा प्रवेश

नेपालअखबार, पोखरा । नेकपा एमाले कास्कीका नेता तोरणबहादुर केसी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

एमालेका पूर्व कास्की जिल्ला कमिटी सदस्य केसी सोमबार एमाले प्रवेश गरेका हुन् । उनलाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सोमबार अवीर लगाएर पार्टी प्रवेश गराए ।

Advertisement

नेकपा एस निकट पुष्पलाल स्मृति प्रतिष्ठानको आयोजनामा सोमबार पोखरा सभागृहमा भएको कार्यक्रममा आयोजित ‘क.पुष्पलालको योगदान, वर्तमान नेपालको राजनीतिक अवस्था र समाजवादी कार्यदिशा’ विषयक विचार गोष्ठी कार्यक्रममा अध्यक्ष नेपालले केसीलाई पार्टीमा स्वागत गरेका हुन् ।

केसीलाई एकीकृत समाजवादीको प्रदेश कमिटी सदस्य बनाउने आश्वासन दिएको सो पार्टी निकट श्रोतले बतायो । केसीसहित सोमबार एमाले, कांग्रेसलगायत छाडेर ९७ जना नेकपा एसमा प्रवेश गरेका छन् । उनीहरु सबैलाई अध्यक्ष नेपालले अवीर र खादा लगाएर पार्टीमा स्वागत गरे ।