Monday, July 27

पाकिस्तान सरकारको छात्रवृत्तिमा चिकित्सा शिक्षा पढ्न आवेदन माग

नेपालअखबार, काठमाडाैं । चिकित्सा शिक्षा आयोगले छात्रवृत्तिमा चिकित्सा शिक्षा पढ्न इच्छुकहरूबाट आवेदन माग गरेको छ।

Advertisement

बुधबार सूचना प्रकाशित गरेर आयोगले पाकिस्तान सरकारबाट नेपाल सरकारलाई प्राप्त चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्तिका लागि इच्छुकहरूबाट आवेदन माग गरेको छ।

Advertisement
Advertisement

शैक्षिक सत्र २०२२/०२३ का लागि पाकिस्तान सरकारको पिटिएपी कार्यक्रमअन्तर्गत स्नातक तहमा एमबिबिएस, बिडिएस र डी फार्मेसी पढ्न छात्रवृत्ति आएको छ।

Advertisement

एमबिबिएसमा १०, बिडिएमा एक र डि फार्मेसीमा ८ सिट संख्या छ।

इच्छुक विद्यार्थीले साउन १६ भित्र अनलाइन आवेदन पेश गर्न सक्ने आयोगले जनाएको छ।