Tuesday, September 22

खोलाले बगाएर नुवाकोटमा वडा सदस्यको मृत्यु

नेपालअखबार, नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ का निर्वाचित महिला वडा सदस्य सुकुमई तामाङको खोलाले बगाएर मृत्यु भएको छ।

Advertisement

बेलकोटगढीको वडा नम्बर १० र १२ हुँदै बगेको बेलकोट खोलाले मंगलबार साँझ बगाउँदा ५४ वर्षीया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए।

Advertisement
Advertisement

खेतमा काम गरेर फर्कने क्रममा वडा नम्बर १० स्थित द्धारिका टहरोमा खोला तर्ने क्रममा उनलाई बगाएको हो।

Advertisement

तामाङको शव करिब एक किलोमिटर तल वडा नम्बर १२ को रैकरे चौतीसमा भेटिएको खड्काले बताए।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट उनी महिला सदस्यमा निर्वाचित भएकी थिइन्।