Tuesday, July 28

एसईईको नतिजा प्रकाशित

नेपालअखबार, काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेको छ।

Advertisement

परीक्षा नियन्त्रक अर्जुन रायमाझीले आज एसईईको नतिजा प्रकाशित गरिएको  बताए।

Advertisement
Advertisement

कक्षा १० मा रहेका पाँच लाख १४ हजार विद्यार्थीमध्ये यसवर्ष चार लाख ९५ हजार सात सय ५१ जनाले एसईई परीक्षा दिएका थिए। गत वैशाख ९ गतेदेखि २० गतेसम्म एसईई परीक्षा भएको थियो।

Advertisement

एसईईमा २२ हजार छ सय ४० जना परीक्षार्थी परीक्षामा अनुपस्थित भएका छन्। ४.५७ प्रतिशत परीक्षामा अनुपस्थित रहेको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले बताए।

०.१ देखि १.२ जिपिएसम्म ल्याउने विद्यार्थी संख्या तीन हजार दुई सय ८० छ। यो ०.६६ प्रतिशत हो।

यस्तै ३.६ देखि ४ जिपिए ल्याउने विद्यार्थी संख्या ९ हजार छ सय ३३ छ। १.९४ प्रतिशतले उच्च अंक ल्याएका छन्।

‘पहिलेभन्दा नतिजा फरक छैन, सन्तोषजनक नै छ,’ उनले पत्रकारहरूसँग भने, ‘९० नम्बर ल्याउने र १०० नम्बर ल्याउनेको एउटै ग्रेड हुन्छ। उत्कृष्ट नम्बर ल्याउने विद्यार्थी सार्वजनिक गर्ने व्यवस्था छैन।’

यसरी हेर्न सकिन्छ रिजल्ट: