Monday, July 27

सरकार चुनावको मिति घोषणा गर्ने तयारीमा छ : प्रचण्ड

नेपालअखबार, काठमाडौं । सरकारले प्रदेश र संघको चुनावको मिति घोषणा गर्ने तयारी गरेको छ । बिहीबार प्रेस सेन्टर नेपालका पूर्व पदाधिकारीहरुसँगको भेटमा सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमै चुनावको मिति घोषणा हुने बताएका छन् ।

Advertisement

प्रचण्डका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई फोन गरेर आज (बिहीबार) नै चुनावको मिति घोषणा गर्ने तयारी गरेका थिए ।‘शेरबहादुर देउवाले हिजो मलाई फोन गरेर आजलाई बैठक राखेर चुनावको मिति घोषणा गर्ने कुरा गर्नुभएको थियो । मैले नागरिकता विधेयक पारित गरेर मात्रै चुनावको मिति घोषणा गर्नु उपयुक्त हुन्छ, पख्नुस् भनेको छु । अब बस्ने मन्त्रिपरिषद बैठकले चुनावको मिति घोषणा गर्छ’ प्रेस सेन्टरका पूर्व पदाधिकारीहरुलाई प्रचण्डले सुनाए ।

Advertisement
Advertisement

Advertisement