Tuesday, July 28

स्वर्गीय कल्याण शेरचन लोकगीत संगितका एक असल नक्षत्र : प्रमुख आचार्य

नेपालअखबार, पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले स्वर्गीय कल्याण शेरचनलाई गीतसंगीत क्षेत्रको संरक्षण र विकासका लागि निरन्तर लागिरहने एक प्रतिवद्ध चिन्तकका रुपमा उल्लेख गर्नुभएको छ । शेरचनलाई नेपाली गीतसंगितले एक असल नक्षत्रका रुपमा लिने गरेको प्रमुख आचार्यले बताउनुभयो ।

Advertisement

स्वर्गीय शेरचनको ७६ औँ जन्मजयन्तिका अवसरमा उहाँको शालिक निर्माणार्थ पोखरामा आयोजित राष्ट्रिय खुला दोहोरीगीत प्रतियोगीता तथा स्रष्टा सम्मान एंव इन्द्रेणी कार्यक्रम २०७९ को उद्धघाटन गर्दै प्रमुख आचार्यले स्वर्गीय शेरचन गतिसंगितको क्षेत्रका अलौकिक बिम्ब भएको उल्लेख गर्नुभयो ।

Advertisement
Advertisement

अरुलाई अगाडी सारेर आफु पछाडी बस्ने स्वाभावका शेरचनको सपना पोखरामा आयोजित उक्त कार्यक्रमले पुरा गर्ने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो । प्रमुख आचार्यले पोखरा महानगरपालिका लोकसंस्कृति र नेपाली गीतसंगीतको विकासका लागि निन्तर लागिरहने प्रतिवद्धता पनि जाहेर गर्नुभयो ।

Advertisement

कल्याण शेरचन स्मृति प्रतिष्ठानको आयोजनामा पोखरा सभागृहमा तिन दिनसम्म चल्ने उक्त कार्यक्रमलाई आयोजकले लोक स्रष्टाहरुको कुम्भमेला भनेको छ । सो क्रममा विभिन्न लोकसंस्कृतिर्कीहरुलाई सम्मान समेत गरिएको छ भने, सयौँ लोकसंस्कृतिकर्मीहरुको प्रत्यक्ष सहभागीता रहेको छ ।