Thursday, April 30

सशस्त्र प्रहरीले माग्यो इन्स्पेक्टरसहित ६८ स्वास्थ्यकर्मी

नेपालअखबार, काठमाडाैं । सशस्त्र प्रहरीले इन्स्पेक्टरसहित ६८ जना स्वास्थ्यकर्मी माग गरेको छ।

प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) र प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक (स्टाफ नर्स) माग गर्दै आज आवेदन माग भएको हो।

Advertisement

प्रहरी निरीक्षक (चिकित्सक) तर्फ २२ जना माग भएको छ। जसमा ११ जना खुलातर्फ माग भएको छ।

यस्तै प्रहरी नायव निरीक्षक (स्टाफ नर्स) तर्फ ४६ जना माग भएको छ। २५ जना खुलातर्फ माग भएको छ भने अरू समावेशीतर्फ छन्।

प्रहरी निरीक्षक (चिकित्सक) का लागि २१ वर्ष पूरा भई ३० वर्ष ननाघेको हुनुपर्छ भने प्रहरी नायव निरीक्षक (स्टाफ नर्स) का लागि १८ वर्ष पूरा भई २७ वर्ष ननाघेको हुनुपर्छ।

साउन १३ गतेदेखि भदौ १२ गतेसम्म इच्छुकले आवेदन दिन सक्नेछन्। दरखास्त सशस्त्र प्रहरी बल भर्ना तथा छनौट शाखा हलचोकमा बुझाउनुपर्ने हुन्छ।

सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) का लागि कम्तिमा एमबिबिएस उत्तीर्ण गरेको हुनुपर्छ भने नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको हुनुपर्छ।

यस्तै स्टाफ नर्सका लागि कम्तिमा प्रमाण पत्र तह र नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएको हुनुपर्ने सूचनामा उल्लेख छ।