Saturday, April 18

प्रधानमन्त्रीको उपचार खर्च : २ लाख ५४ हजार

एपेन्डिक्स पाकेर एपेन्डिसाइटिस भएपछि गत मंसिर १० गते मंगलबार सेन्टरमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार खर्च सार्वजनिक भएको छ।
बिहीबार दिउँसो साढे ३ बजे प्रधानमन्त्री ओली डिस्चार्ज भएसँगै अस्पतालले उपचार खर्चबारे जानकारी दिएको हो। सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले थाहाखबरलाई दिएको जानकारी अनुसार १० दिन लामो प्रधानमन्त्रीको उपचारका क्रममा २ लाख ५४ हजार ६ सय ८८ रुपैयाँ खर्च भएको छ। सरकारी अस्पताल भएकाले प्रमको उपचारमा थोरै खर्च लागेको हो।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *