
नेपालअखबार, जुम्ला। जुम्लाको कनकासुन्दरी गाउँपालिका १ बुलबुलेमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। विहान करिव साढे ६ वजे दुर्घटना भएको हो ।
मृत्यु हुनेमा राराछायानाथ नगरपालिका मुगुका दिपक तिरुवा रहेका छन् । गाडी सुर्खेत बाट मुगुका लागि छुटेको थियो । लु १ ज ३७३४ नम्बरको गाडी बेक्र फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख नरेन्द्रचन्दले बताए ।

