Wednesday, July 15

नेपाल प्रहरीका १३ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरूवा

नेपालअखबार, काठमाडाैं । नेपाल प्रहरीका १३ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरूवा भएको छ।

Advertisement

आइतबार प्रहरी प्रधान कार्यालयले १३ जना एसपीको सरूवा गरेको हो। यस्तै चार जिल्लाका प्रमुख पनि फेरिएका छन्।

Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय उदयपुरमा नेपाल प्रहरी विशेष सुरक्षा गण जनकपुर, धनुषामा रहेका ज्ञानेन्द्रप्रसाद फुयालको सरूवा गरेको छ।

Advertisement

नेपाल प्रहरी प्रदेश कार्यालय अपराध अनुसन्धान शाखा वीरगन्ज, पर्साका प्रभुप्रसाद ढकाललाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा सरूवा गरेको छ।

काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नम्बर २ महाराजगन्जमा रहेका दिलिप घिमिरेलाई जिल्ला प्रहरी कार्यालय इलाममा पठाएको छ।

लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुर, बाँकेमा रहेका रमेश पण्डितलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटमा सरूवा गरेको छ।