Thursday, July 16

इशानेश्वर करापुटार पोखरा सम्पर्क समाजको रक्तदानमा ५९ युनिट रगत संकलन

नेपालअखबार, पोखरा । इशानेश्वर करापुटार पोखरा सम्पर्क समाजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ५९ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक एवं समाजका सहसचिव प्रल्हाद चन्द्र घिमिरेले जानकारी दिनुभयो ।

Advertisement

कार्यक्रममा प्रमुख अतिथि एवं समाजका संस्थापक अध्यक्ष ऋषिकेशव सुवेदीले समाजका सदस्यहरुको हितका लागि काम गर्दै आएको समाजले रक्तदान कार्यक्रमको आयोजना गरि मानविय सेवाको काममा उल्लेखनिय काम गरेको बताउनुभयो । त्यस्तै नेपाल रेडक्रस सोसाइटी रक्तसंचार सेवा केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो । कार्यक्रममा गण्डकी विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका बैज्ञानिक डा.निरञ्जन कोइरालाले रक्तदानको महत्वको बारेमा प्रकाश पार्नुभयो ।

Advertisement
Advertisement

कार्यक्रममा नियमित रक्तदान गर्दै आउनुभएका कमल राज पन्तले ५१ औं पटक रक्तदान गर्नुभयो ।

Advertisement

समाजका अध्यक्ष बलराम घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव निर्मल सोतीले गर्नुभएको थियो भने समाजका प्रथम उपाध्यक्ष प्रकाश चन्द्र घिमिरेले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।कार्यक्रममा स्वागत संयोजक प्रल्हाद चन्द्र घिमिरेले गर्नुभएको थयो ।