Thursday, July 16

पहिरो हटाएपछि मुग्लिन-नारायणगढ सडक पुनः सञ्चालनमा

नेपालअखबार, चितवन।  पहिरो हटाएपछि मुग्लिन- नारायणगढ सडक पुन: सञ्चालनमा आएको छ।

Advertisement

सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउने नजिकै लेदोसहित खसेको पहिरो पन्छाएपछि सडक दुइतर्फी सञ्चालनमा आएको हो

Advertisement
Advertisement

दुईवटा जेसिभी प्रयोग गरेर पहिरो पन्छाइएको र गन्तव्यमा हिँडेका सवारी साधन गुड्न थालेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब निरीक्षक रविन विष्टले बताए।

Advertisement

गए रातिदेखि लगातार पानी परिरहेका कारण सो सडकखण्डमा यात्रा गर्दा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ। रासस