Tuesday, July 21

पोलिटब्यूरो गठन र केन्द्रीय समिति डाक्ने तयारीमा प्रचण्ड

मंसिर ४ गते कार्यकारी अध्यक्षको जिम्मेवारी पाएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सक्रियता देखाउन थालेका छन्।
बुधबार पार्टी सचिवालयको बैठक राखेका उनले स्थायी र केन्द्रीय समिति बैठक पनि आयोजना गर्ने तयारी थालेका छन्।
मंसिरभित्रै स्थायी समिति र पुस पहिलो साताभित्र केन्द्रीय समितिको बैठक बोलाउने गरी उनले तयारी तीव्र पारेका हुन्।
बैठकको तयारीकै क्रममा अध्यक्ष प्रचण्डले महासचिव विष्णु पौडेल, नेताहरु सुरेन्द्र पाण्डे र भीम रावलसँग एक्लाएक्लै छलफल गरेर राय लिइसकेका छन्। यस्तै गएको एक हप्ताको बीचमा केन्द्रीय सदस्यहरु झकबहादुर मल्ल, विष्णु रिजाल, रमेश मल्लसँग पनि प्रचण्डले छलफल गरिसकेका छन्।
नेकपाका एक स्थायी समिति सदस्यका अनुसार प्रचण्डले मंसिर २७ वा २८ गते स्थायी र पुस ३ गते केन्द्रीय समितिको बैठक बोलाउने तयारी गरेको आफुनिकट नेताहरुलाई जनाउ दिएका छन्।

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *