Friday, July 17

कला, संस्कृति भनेको देश चिनाउने गहना हो : अध्यक्ष नेपाल

विमल, विष्ट,  डोटी  । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले कला, संस्कृति भनेको देश चिनाउने एक गहना भएको बताउनु भएको छ । डोटीको जोरायल गाउँपालिका–२ बुडरमा पालसाक्य बौद्व गुम्बाको आज उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै अध्यक्ष नेपालले नेपाल कला, संस्कृतिको धनी मुलुक भएकाले हाम्रा धार्मिक, कला, संस्कृतिहरुको संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो ।

Advertisement

उहाँले भन्नुभयो, “नेपाल शान्तिका अग्रदुत भगवान गौतम बुद्ध जन्मेको देश हो, हाम्रा सबै कला, संस्कृती र धर्मको संरक्षण तथा सम्बद्धन गर्न जरुरी छ ।” सोही अवसरमा बोल्नु हुँदै अध्यक्ष नेपालले नेपाल कला र संस्कृतिको धनी देश भएकाले यहाँ पर्यटक भित्र्याउन तथा पर्यटन प्रबद्धधनका लागि भए पनि आफ्नो मौलिक कला, संस्कृतिहरुलाई जोगाएर राख्नु पर्ने धारणा राख्नु भयो । कला, संस्कृति विना मान्छेको जीवन अधुरो जस्तै हुने भएकाले हाम्रा मौलिक कला, धर्म र संस्कृतिको जगेर्ना तथा संरक्षणका लागि अव युवा पुस्ताहरूले अघि बढ्नु पर्ने अध्यक्ष नेपालले आग्रह गर्नुभयो ।

Advertisement
Advertisement

सोही कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै पूर्व पर्यटनमन्त्री प्रेमबहादुर आले डोटीकै सांसद भएकाले उहाँले मन्त्री भएका बखत यहाँका पर्यटकीय तथा धार्मिक स्थलका लागि थुप्रै बजेट विनियोजना गराउनु भएको भन्दै प्रशंसा समेत गर्नुभयो । उहाँले थप भन्नुभयो, “आले जी विकासवादी नेता हुनु हुन्छ, उहाँले जिल्लामा थुप्रै विकास निर्माणका काम गर्नु भएको छ, अब आले जीलाई मैले रौतहट लैजानु पर्छ जस्तो छ ।” आज उद्घाटन गरिएको पालसाक्य बौद्व गुम्बाको संरक्षण तथा सम्बद्धनका लागि सबैको योगदान अपरिहार्य रहेको समत अध्यक्ष नेपालले आग्रह गर्नुभयो । डोटीको बुडरमा रहेको प्रशिद्ध छहरा झर्ना समेत अध्यक्ष नेपालले आजै अवलोकन गर्नु भएको थियो ।

Advertisement

सोही कार्यक्रममा बोल्नु हुँदै पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले डोटी जिल्लाको विकासका लागि आफु हरहमेसा लागि पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “डोटीको विकासका लागि म हरहमेसा खटिने छु, विगतका भन्दा धेरै विकास गरेको छु, अझै अधुरा रहेका विकासका काम पूर्ण गर्ने छु ।”

सोही कार्यक्रममा बोल्नु हुँदै पूर्व मन्त्री आलेले पछिल्लो समय देशमा रहेका विभिन्न मठ मन्दिर, धर्मशाला लगायतका क्षेत्रमा केही निजी स्वार्थका व्यक्तिहरूले आफ्नो व्यक्तिगत स्वार्थका लागि अधिग्रहण गरी कमाइ खाने बाटो बनाएकाले त्यस्ता व्यक्ति र समूहलाई नङ्ग्याउनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “कला, संस्कृति लोप गर्ने अनि धार्मिक क्षेत्र, मठ मन्दिर र धर्मशालालाई आफ्नो व्यक्तिगत स्वार्थमा प्रयोग गर्नेलाई कानुनी दायरामा ल्याउँनु पर्छ ।” रासस