Thursday, August 6

भारी वर्षाले सडक खोलेपछि पोखरा –१५ का जनप्रतिनिधि आफै ग्राभेल लिएर खाल्डो पुर्न अघि सरे

नेपालअखबार, पोखरा । आइतबार साँझदेखि परेको भारी वर्षाका कारण आएको भलले सडक बिग्रिएपछि सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै स्थानीयले जनप्रतिनिधिलाई समस्या राखेकोमा केही बेरमै समस्याको सम्बोधन भएको छ।

Advertisement

पोखरा महानगरपालिका वडा नं –१५ राम बजार स्थित पानीको पाइप बिछ्याइएको सडक रातभरको भलले खोलेर सडकमै खाल्डो परेकोमा वडाका जनप्रतिनिधि आफै श्रमदानमा जुटेका हुन्।

Advertisement
Advertisement

खाल्डोका कारण सडक दुर्घटना हुनसक्ने तथा आवागमनमा समस्या हुने देखिएपछि सोमबार बिहानै स्थानीयले जनप्रतिनिधि अध्यक्ष तोरण बहादुर बानियाँ र सदस्य आशिष भण्डारीलाई समस्या सुनाएकोमा समस्या राखेको केही समयमै उनीहरू ग्राभेलसहित आफै खाल्डो पुर्न अघि सरेका हुन्।

Advertisement

वडावासीको समस्यामा जनप्रतिनिधिले तत्काल चासो दिएरआफै अग्रसर भएपछि राम बजारका स्थानीयवासी नीरज थापाले सामाजिक सञ्जालमा प्रशंसा गर्दै सकारात्मक सोचाइ भएको नेतृत्वको संज्ञा दिएका छन्।

अध्यक्ष बानियाँ र सदस्य आशिष भण्डारी हालैको स्थानीय तहको चुनावमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू हुन्।