Monday, July 27

देशभर बदली र वर्षाको सम्भावना

नेपालअखबार, पोखरा । देशभर आज मंगलबार बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Advertisement

महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा (Axis of Monsoon Trough) सरदर स्थान (normal position) भन्दा केही उत्तरतिर अवस्थित रहेको छ।

Advertisement
Advertisement

अहिले बिहान देशका अधिकांश भू-भागमा सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

Advertisement

मंगलबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी र सुदूर पश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै, राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूर पश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।