Friday, July 17

पार्टीका नेता-कार्यकर्तालाई संगठन निर्माण गरेर चुनावको तयारीमा लाग्न र जनतामा जान निर्देशन:अध्यक्ष नेपाल

नेपालअखबार, पाेखरा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्थापनाको छोटो समयमै आफ्नो पार्टीमा जनताको आकर्षण बढेको बताएका छन्।

Advertisement

मुस्लिम इत्तेहाद संगठनको गण्डकी प्रदेशस्तरीय भेलाको शनिबार पोखरामा उद्घाटन गर्दै उनले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले पार्टीलाई देशैभर थप स्थापित गर्ने समेत बताए।

Advertisement
Advertisement

संविधान र लोकतन्त्र जोगाउन र समग्र परिवर्तनको रक्षाका लागि पार्टी स्थापना गरिएकाले समेत जनतामा पार्टीप्रति उत्साह बढेको उनको भनाइ छ।

Advertisement

अध्यक्ष नेपालले पार्टीका नेता-कार्यकर्तालाई संगठन निर्माण गरेर चुनावको तयारीमा लाग्न र जनतामा जान निर्देशनसमेत दिए।

उनले गठबन्धनका दलले एक्लै बहुमत ल्याउँछु भनेर घमण्ड र अहंकार नदेखाउनसमेत चेतावनी दिए।

‘गठबन्धन भएका स्थानमा गठबन्धनका उम्मेदवारलाई र पार्टीको एकल उम्मेदवारी भएका ठाउँमा पार्टीका उम्मेदवारलाई विजयी गराउन लाग्नुहोला। जनताको दुःख, सुखमा साथ दिने काम गरेर निर्वाचनमा पार्टीलाई महत्वपूर्ण शक्तिका रूपमा स्थापित गर्नुपर्नेछ,’ उनले भने।

गत स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले अपेक्षित सफलता प्राप्त गर्न नसके पनि पोखरा महानगरपालिका र हेटौंडा उपमहानगरपालिकामा प्रमुख पदमा जित्न सफल भएको उनले उल्लेख गरे। अध्यक्ष नेपालले धेरै स्थानमा पार्टीको चुनाव चिह्न जनतालाई चिनाउन नसकेको र धेरै मत बदर भएकाले समेत अपेक्षित नतिजा प्राप्त हुन नसकेको बताए।

नेपालमा मुस्लिम समुदायमा रहेको गरिबी अन्त्य गर्नुपर्ने खाँचो रहेको बताउँदै अध्यक्ष नेपालले राज्यको तर्फबाट पिछडिएको वर्गका लागि विशेष ध्यान दिनुपर्ने बताए। सो कार्यक्रममा प्रतिनिधिसभाका सांसद कलिला खातुन, पोखरा महानगरका प्रमुख धनराज आचार्य, मुस्लिम इत्तेहाद संगठनका अध्यक्ष ताजमहमद मियाँलगायतले मुस्लिम समुदायको हक–अधिकारका बारेमा राज्य जिम्मेवार बन्नुपर्ने बताएका थिए।